डलर बढ्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, तर विदेशमा बस्ने नेपालीलाई भने फाइदा

४ बर्ष अगाडि

डलरको भाउ अत्यधिक बढेपछि नेपाली रुपैयाँ नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। बुधबार डलरको भाउ १७ महिनायताकै सबैभन्दा उच्चतम बिन्दुमा   पुगेपछि त्यसको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको हो । 

नेपाल राष्ट्रबैंकले बुधबार अमेरिकी डलरको मूल्य १२१ रुपैयाँ ६९ पैसा तोकेको छ । डलरको भाउ महँगिता भारतीय मुद्रा पनि कमजोर भएको छ । भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरका कारण भारु अबमूल्यन हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ भने भारु बढ्दा नेपाली रुपैयाँ पनि बढ्छ । 

पछिल्लो तीन महिनामा डलरको भाउ १० रुपैयाँ हाराहारीले बढिसकेको छ । तर यो अहिलेसम्मकै सबैभन्दा धेरै भने होइन । २०७७ वैशाख १० गते डलर १२३ रुपैयाँ २४ पैसा हुँदा डलर सर्वाधिक उचाइमा पुगेको थियो। 

डलर बढ्दा विदेशमा बस्ने नेपालीलाई भने फाइदा 
नेपाली रुपैयाँ कमजोर भएपनि डलरको भाउ बढेपछि विदेशमा काम गर्ने नेपालीलाई भने फाइदा हुन्छ । किनकी रेमिटेन्स पठाउनेले बढी नेपाली मूल्य पाउँछन् भने सरकारलाई पनि रेमिट्यान्स आयमा वृद्धि हुन्छ। 

त्यसैगरी नेपाबाट हुने निर्यात व्यापारलाई पनि डलरको मूल्य बढ्नाले फाइदा नै पुग्छ। नेपालबाट वस्तु तथा सेवा बिक्री गर्नेहरुले पाएको मूल्य नेपाली रुपैयाँमा तुलना गर्दा धेरै हुन्छ । जसका कारण निर्यात व्यापारमा राहत पुग्ने बताइएको छ । 

तर नेपालमा निर्यात भन्दा आयात ब्यापार धेरै हुने भएकोले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्नुका साथै पेट्रोलियम पदार्थ पनि महंगो पर्न जान्छ । त्यस्तै मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया