माउन्टेन इनर्जी नेपालले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पुस २५ गते बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा हुने छ । 

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले पुस ११ गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया