काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंकले २५औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २६औं वर्षमा पार गरेको छ ।
२८ असोज २०७८ मा २५औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम गरेको हो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । त्यस्तै बैंकले मंसिर २८ गते, मंगलवार शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।
बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । बैंकले अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोललाई सम्मान गरेको हो ।
बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया