काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३७.१८ अंक बढेर २४१८.८४ विन्दुमा पुगेर बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.३५ अंक बढेर २४३३.३० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६२ कम्पनीको १ करोड ४१ लाख १२ हजार ६६२ रुपैयाँ बराबरको २८ हजार ४०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६१ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया