राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा न्यूनतम ५.०५ देखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिने, भोलिबाट लागु

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले (पुस १ गते) भोलिबाट विभिन्न खातामा लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले मुद्दति निक्षेपको अघिल्लो महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको हो । बैंकले ब्याजको आधारदरमा अधिकतम ४ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । प्रथम त्रैमाससम्ममा बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया