काठमाडौं - बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन् । ललितपुर म.न.पा. वडा नं. २१ बस्ने वर्ष ४२ का अमर महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७८ असोज ८ मा उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ४५ लाख लाख जरिवाना हुने फैसला गरेको थियो ।
त्यसपछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो ।
महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।
प्रतिक्रिया