एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने, कहाँबाट दिने ?

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले आजबाट हकप्रदमा अवितरित शेयर लिलाम बिक्रि खुला गरेको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका सर्वसाधारण समुहका  २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता मङ्सिर २९ गतेदेखि पुस ७ गतेसम्म लिलाम गर्न लागेको हो ।

कम्पनीले असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म हकप्रद निष्काशन गरेको हो । कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

हकप्रदमा ६ हजार १ सय ८० जना आवेदकबाट २४ लाख ६ हजार १ सय ६ दशमलव ४७३८ कित्ता शेयरको लागि आवेदन परेकोले सोहि बमोजिम शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  आवेदन नपरेको २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता लिलामीमा आएको हो ।     

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।    

लिलामीको शेयरको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरमा आवेदन दिन सकिने छ । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेलाई पहिला शेयर वितरण गरिने छ भने त्यसपछि शेयर बाँकि रहेसम्म क्रमश दोस्रो , तेस्रो , चौथो बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने छ । शेयर बाँकि रहँदा सम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया