वोमी र सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, नेप्सेमा भने कारोबार रोक्का

४ बर्ष अगाडि

काठमाडौं - आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेका वोमी लघुवित्त र सुर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यद्यपि यी लघुविक्त एक आपसमा मर्जर प्रक्रियामा रहेकोले नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का छ । आज मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले यी कम्पनीको लाभांश पाउन सक्ने छन् । 

वोमी लघुवित्त
वोमी लघुवित्तले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड १९ लाख ४४ हजार ४ सय रहेको छ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ।

सूर्योदय लघुवित्त
सूर्योदय लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ४ करोड ९६ लाख ८ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी २४ करोड ८० लाख ४२ हजार ९ सय २५ रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ  ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया