काठमाडौं - सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो । १० वर्ष अवधि रहने सो ऋणपत्र खरिदका लागि अब पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया