आजबाट कोरोनाविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने

४ बर्ष अगाडि

काठमाडौं - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा आजबाट खुला भएको छ । यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन् ।

सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन् । कोरोना महामारीपछि सन् २०१९ को मार्चबाट बन्द भएको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको हो।

अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै जनजीवन सहज हुँदै जाने बताएका छन् । गत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले बताएका छन्। करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन् । 

अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ । हाल अस्ट्रेलियामा अध्यनरत करिब तीस हजार अन्तर्राष्ट्रिय विद्यार्थीको टीआर भिसाको समयावधि सकिन लागेको छ।

स्नातक तहको पढाई सकिएपछि प्राप्त हुने यो अवसर गुमाएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी देश बाहिर रहेकोले अस्ट्रेलिया आउन नपाएका वा फसेकाले यो अवसरका लागि पुनः आवेदन दिन पाउने भएका हुन् ।

संघीय सरकारले बिहीबार गरेको निर्णय अनुरूप वर्तमान भिसावाहक वा सन् २०२० को फेब्रुअरी १ तारिख वा त्यसपछि भिसा समाप्त भएका मानिसलाई भिसा पुनः प्राप्त गर्न आवेदन दिन अनुरोध गरिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया