सानिमा लाइफले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले शाखा प्रमुख तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले भैरहवा, अर्घाखाँची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा, रामपुर, कोहलपुर र जुम्ला शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गर्दै सूचना प्रकाशित गरेको थियो ।

ईच्छुक व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उर्तिण गरी जीवन बीमा क्षेत्र, बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया