कार्तिक महिनामा बैंकहरुको मार्जिन कर्जा २ अर्ब बढिले घट्यो

४ बर्ष अगाडि

काठमाडौं - गत असोज मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ३ अर्ब ९१ करोड रुपैयाँ मार्जिन कर्जा लिएकोमा कार्तिक अन्तिमसम्ममा यस्तो कजौ घटेर १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ ।

केन्द्रिय बैंकको मासिक तथ्याङ्क अनुसार गत कार्तिक महिनामा मात्रै बैंकहरुको मार्जिन कर्जा २ अर्ब रुपैयाँभन्दा धेरैले घटेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जामा ४ र १२ करोडको सिमा लगाइदिएपछि उक्त कर्जा लगातार घट्न थालेको हो । 

मौद्रिक नीतियता मार्जिन कर्जा करिब ८ अर्ब रुपैयाँले घटिसकेको छ । मौद्रिक नीति पश्चात मुख्यगरी वाणिज्य बैंकहरुको यस्तो कर्जा धेरै घटेको छ । गत भदौ अन्तिमसम्ममा ९० अर्ब रहेको बैंकहरुको यस्तो कर्जा असोजमा ८८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो भने कार्तिक महिनामा ८६ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । 

कार्तिक महिनामा मात्रै यस्तो कर्जा २ अर्ब ५ करोड रुपैयाँले घटेको हो । कार्तिक महिनामा विकास बैंकहरुको मार्जिन कर्जामा लगानी २३ करोड रुपैयाँले घटेको छ भने फाइनान्स कम्पनीहरुको यस्तो लगानी ३० करोड रुपैयाँले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया