काठमाडौं - विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् । संघको छुट्टाछुट्टै बसेको बैठकले मंसीर महिनाको लागि प्रकाशित व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् ।
नेपाल बैकर्स संघले केही दिन अघि व्याज दर नबढाउने निर्णय गरेका थिए । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय बमोजिम आइतबार बैठक बसेको थियो । तीनवटै संघको बैठक पछि पुनः फाइनान्स संघ, विकास बैंक संघको बैठकले पनि व्याज दर नबढाउने निर्णय गरेको हो ।
त्यसैगरी विकास बैंक संघले पनि यस महिनाकै व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् । संघका अनुसार व्याज दर नबढाउने सहमति भएको र बुधबार मंसिर महिना प्रकाशित व्याज दरलाई नै पुनः प्रकाशित गरिनेछ ।
प्रतिक्रिया