सरकारले धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो ।
यसअघि पनि अर्थमन्त्रालयले पौडेल संयोजकत्वको समिति गठन गरेको थियो । तर मन्त्रिपरिषदको निर्णयपछि मात्रै समिति बनाउनु पर्ने भएकोले अर्को समिति गठन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।
समितिमा योजना आयोगका उपाध्यक्ष पौडेल सहित अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको
यसअघि अर्थमन्त्रालयले गठन गरेको समितिमा विज्ञ सदस्यको रुपमा रहेका प्रा.डा. नारायण प्रसाद पौडेललाई हटाएर उनको ठाँउमा डा. धिताललाई ल्याईएको छ ।
प्रतिक्रिया