टोयोटाले विद्युतीय गाडी मात्र उत्पादन गर्ने , ३५ बिलियन डलर लगानी

३ बर्ष अगाडि

विश्वको सबैभन्दा ठूलो कार निर्माता टोयोटा कम्पनीले जापानको टोयोटा मोटर कर्पोरेशनले अब विद्युतीय गाडी उत्पादन गर्ने भएको छ ।

सन् २०३० पछि विद्युतीय गाडीमात्र उत्पादन गर्ने योजना बनाएको टोयोटाले अब आफ्ना सबै मोडलका गाडीहरुलाई विद्युतिकरण गर्ने भएको हो । 

उक्त विद्युतीय सवारी निर्माण गर्न अत्यावश्यक पर्ने ब्याट्री निर्माणमा टोयोटा मोटर कर्पोरेशनले ४ ट्रिलियन येन अर्थात् ३५ बिलियन डलर लगानी गर्ने भएको छ।

कम्पनीले शून्य कार्बन उत्सर्जन सवारी साधनहरू निर्माण गरी बजार कब्जा गर्ने उद्देश्य राखेको छ।

यो दशकको अन्त्यसम्ममा हाइब्रिड र हाइड्रोजन सवारी साधन लगायत विद्युतीय सवारी साधनहरूमा ८ ट्रिलियन येन अर्थात् ७० बिलियन अमेरिकी डलरको समग्र लगानी टोयोटाले गर्ने भएको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया