सिटिजन्स बैंक ग्राहकहरुलाई स्पर्श मल्टी स्पेसालिटी हस्पिटलमा विशेष छुट

४ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकहरुले वीरगन्जस्थित स्पर्श मल्टी स्पेसालिटी हस्पिटलमा विशेष छुट पाउने भएका छन्। 

सिटिजन्स बैंक र हस्पिटलबीच बैंकका कार्डबाहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले स्र्पश मल्टी स्पेसालिटि हस्पिटलको सेवासुविधामा विशेष छुट पाउनेछन्। य

हालसम्म बैंकको कार्ड नभएका  ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२  लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया