आफूलाई प्रधानमन्त्री पदसम्म दिने वचन दिएपछि सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको काँग्रेस नेता प्रकाशमान सिंहले खुलासा गरेका छन् ।
आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै उनले प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले यस्तो निर्णय लिएको जानकारी दिएका हुन्।
पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि काँग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुँदै छ । बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए।
कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको छ।
देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए।
आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भने( ‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’
उनले देउवासँग शक्ति बाँडफाँटको कुरा भएको र राष्ट्रिय निर्वाचनपछि कांग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको जानकारी आफ्ना मतदाताहरुलाई दिएका थिए।
प्रतिक्रिया