संसद अधिवेशनको पहिलो दिन नै एमालेको नाराबाजी, पुस ६ गते सम्मका लागि लागि स्थगित

४ बर्ष अगाडि

संसद अधिवेशनको पहिलो दिन नै एमालेको नाराबाजी गरेपछि आजदेखि शुरु प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

संसद अधिवेशन शुरु भएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।
आजको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गरेका छन् ।  त्यस्तै कानुन मन्त्री बडुले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गरेका छन् ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।

गएको बैंशाख देखि शुरु भएको संसदको अघिल्लो अधिवेशनमा अधिवेशनस्थलको भाडामात्रै ११ करोड ३५ लाख तिर्नुपरेपनि एमाले अबरोधका कारण बजेट बाहेक अन्य कुनै कानून पास हुन सकेनन् । संसद विघटन गरेर आफू प्रधानमन्त्री पदमा रहिरनका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित २÷२ पटकसम्म संसद विघटन गरेपनि सर्वोच्चले पुनस्र्थापना गरिदिएको थियो ।

त्यसपछि संविधानविपरित संसद विघटन गर्ने ओलीलाई आफ्नै पार्टीका साँसदले समेत साथ दिएका थिएनन् । त्यसपछि ओलीले उनीहरुलाई कारबाही गर्दै सांसदपदबाट हटाउने निर्णय गरेका थिए । तर 
आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले संसद अवरुद्ध गरेको थियो । अघिल्लो अधिवेशन ठप्प पारेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि अवरुद्ध गरेर देशलाई अनिर्णयको बन्दी बनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया