अर्थमन्त्रीर्लाई भेटेर शेयर लगानीकर्ताले चढाए बिन्तिपत्र

४ बर्ष अगाडि

शेयर लगानीकर्ताका सङ्घ–संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । 

आज मङ्गलवार सिंहदरबारमा भएको भेटमा लगानीकर्ताले अर्थमन्त्रीसमक्ष विभिन्न माग पूरा गर्न बिन्तिपत्र चढाएका छन् ।

जसमा पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति, ५८ बुँदे मागका बाँकी काम लगायतका विषयछन् । 

जवाफमा अर्थमन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको उल्लेख गर्दै धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै लगानीकर्ताका माग पूरा गर्ने आश्वासन दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया