काठमाडौं, बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगातार दुई दिनदेखि स्थिर देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २७ गतेसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। गत मंसिर २४ गते र मंसिर २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ नै रहेको थियो।
बैंकहरुको कर्जा लगानी एकैदिनमा ३ अर्बले बढेको छ । मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४५ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो।
यस्तै, राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि २ दिनदेखि स्थिर नै रहेको छ। गत मंसिर २६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ थियो। मंसिर २७ गतेसम्म पनि कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ नै रहेको छ। गत मंसिर २४ गते पनि बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ नै रहेको थियो।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने मंसिर २७ गते ३ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २६ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।
बैंकहरुको औसत सीडी रेसियो भने मंसिर २७ गते बढेर ९१.३२ प्रतिशत पुगेको छ। गत मंसिर २६ गतेसम्म औसत सीडी रेसियो ९१.२६ प्रतिशत थियो।
प्रतिक्रिया