काठमाडौं, इक्रा नेपाल लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि(मंगलबार) हुदैँछ । सभा एलोफ्ट, ठमेल, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ । क
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ३१.३२३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस भई पारित हुनेछ ।
साथै, सभाले संचालक समितिको तर्फबकाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७ र७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने,लेखापरिक्षकसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा पारित हुनेछ ।
त्यस्तै, सभाले सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया