काठमाडौं, हलिउडको बहुप्रतिक्षीत फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ शुक्रवारबाट नेपालका हलमा प्रदर्शनमा आउँदैछ । नेपाली दर्शकमाझ लामो समयदेखि प्रतिक्षामा रहेको यो फिल्मको नेपालका मल्टीप्लेक्सहरुमा सोमवारबाटै एडभान्स बुकिङ खुल्ला भइसकेको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले १७ तारिखमा फिल्मलाई आफ्ना १० मेजर स्टेशनमा कूल ५७ शो उपलब्ध गराएको छ । जसमध्ये सिभिल मल, लबिम मल, छायाँ सेन्टर र भक्तपुर नयाँ ठिमीको हलमा फिल्मले पाएको प्रायः सबै शो रिलिज अगावै सोल्डआउट हुने अवस्था देखिएको छ । १८ तारिख (शनिवार) का लागि समेत यी हलमा फिल्मको बुकिङ आक्रामक छ ।
‘स्पाइडर म्यान स् नो वे होम’ ले दुई वर्षकै घाटा उठाउनेमा मल्टीप्लेक्स सञ्चालकहरु विश्वस्त छन् । वान सिनेमाज्, एफक्यूब, बिग मुभिज, क्यूज सिनेमाज्, सिडिसी सिनेमाज् लगायतका मल्टीप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ ।
तर, १७ डिसेम्बरबाटै रिलिज हुन लागेको साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डबलाई भने अहिलेसम्म नेपालका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गरिसकेका छैनन् ।
प्रतिक्रिया