पुरानाको तुलनामा नयाँ अमेजको मूल्य २ लाखले बढी, के के छन् फिचर

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा केही दिनअघिमात्र सार्बजनिक गरिएको होन्डाको नयाँ अमेज पहिलेको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको छ । 

सबैभन्दा सस्तो एस म्यानुअलको मूल्य ४० लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यसअघिको मोडललाई जम्मा ३८ लाख ३० हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । त्यसैगरी अर्को एस सिभिटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरियन्टको मूल्य पुरानोको तुलनामा २ लाख २ हजार रुपैयाँ बढी देखिएको छ । यसअघिको पुरानो मोडललाई कम्पनीले ४३ लाख रुपैयाँमा बिक्री गर्दै आएको हो ।

भिएक्स म्यानुअलको पुरानो मोडललाई ४४ लाख १५ हजारमा बिक्री गर्दै आइरहेको कम्पनीले नयाँ मोडलको भने ४५ लाख ८७ हजार रुपैयाँ निर्धारण गरेको छ । यो भेरियन्टमा मूल्य अन्तर जम्मा १ लाख ७२ हजार रुपैयाँ देखिएको छ । सबैभन्दा महंगो भिएक्स सिभिटीमा मूल्य अन्तर समेत धेरै देखिएको छ । यसअघि ४८ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको यसको नयाँ भेरियन्टलाई ५० लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरियन्टमा २ लाख ११ हजार रुपैयाँको मूल्य अन्तर देखिएको छ ।

अटोमेटीक हेड ल्याम्प, सि आकारको एलइडी लाइटको समिश्रण र स्लीक फ्रन्ट ग्रिलले अमेजलाई फ्रेस देखाएको छ । एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएलका साथै नयाँ एड्भान्स फ्रन्ट फगल्याम्प र डायमण्ड कट टु टोन मल्टीस्पोक आर–१५ अलोय ह्विलले यो कारको लुक्समा निखार दिएको छ ।

अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी आकारको एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल लगायत अन्य विशेषताहरु समेत उपलब्ध गराइएको छ । यसमा १.२ लिटर आई–भिटीइसी पेट्रोल र १.५ लिटर आई–डिटीइसी डिजेल इन्जिन दिइएको छ । पेट्रोल इन्जिनले अधिकतम ९० पीएस पावर र डिजेल इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया