१०.४ प्रतिशत लाभांश पारितका लागि एभरेष्ट बैंकको साधारण सभा पर्सि हुदैँ, कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते हुने भएको छ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ४.४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । 
 
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर  १७ गते बुक क्लोज गरेको छ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया