काठमाडौं । साताको तेस्रो कारोबारको (दिन) मंगलबार नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १३७.१८ अंकले बृद्धि भएर २४१८.८५ विन्दुमा पुगेको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा आज नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन ९ करोड ८ लाख ३ हजार ६९५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावरको ७ करोड ९ लाख, आइसिएफसि फाइनान्सको ५ करोड ६ लाख, अपि पावर कम्पनीको ४ करोड ६ लाख र अरुण काबेली पावरको ४ करोड ५ लाख रुपैैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, अरुण कावेली, हाईड्रोइलेक्ट्रीसिटी, माछापुच्छ्रे बैंक, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी नेपाल पुनर्बीमा कम्पनी आजका सर्वाधिक कारोबार हुने १० कम्पनीमा समेटिएका छन् ।

प्रतिक्रिया