एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर बुधबारदेखि बिक्रीमा, कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर भोलि (मंगलबार) देखि लिलामीमा ल्याउने भएको छ । 

कम्पनीले असोज २५ गतेदेखि कात्तिक २१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक आवेदकले मंसिर २९ गतेदेखी पुस ७ गतेसम्म न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गरि बोलपत्र पेश गर्ने सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । जसअनुसार आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया