शेयर बजारमा ६ प्रतिशतको वृद्धि,आजको लागि कारोबार बन्द

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा सार्वजनिक सम्मेलनमा पुँजीवादी विस्तारवाद र वित्तिय एकाधिकारको बारे दिएको अभिव्यक्तिपछि २ दिनमै १६७ अंकले घटेको शेयर बजारमा मंगलबार भने पहिलो दुई घण्टा नवित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको थियो र पुन खुल्ने वित्तिकै लगातार बढेर पुन ६ प्रतिशतले बढेपछि आज लागि शेयर कारोबार बन्द भएको हो।

शेयरबजार एकैदिनमा १३७.१८ अंकले बढेर २४१८.८५ को बिन्दुमा पुगेको हो । सेन्सिेटिभ परिसुचक पनि २२.७२ अंकले बढेर ४६०.३० को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर २९ हजार ६४ पटक खरिदबिक्री हुदाँ १ अर्ब ८४ करोड २६ लाख बढीको शेयर कारोबार भएको छ ।

कारोबारमा भएका १३ वटै उपसमुहमा आज हरियाली छाएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ८ लाख ३ हजार बराबरको कारोबार भएको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया