भोलिसम्म कायम शेयरधनीले मात्र पाउने सपोर्ट लघुवित्तको लाभांश, ३१ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (बुधबार) अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १ गते बुक क्लोेज गर्ने भएसँगै मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर र १.५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार इटहरीमा बस्ने गरी आव्हान गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया