५ प्रतिशतले बढेसंगै शेयर बजारमा पोजेटिभ सर्किट , ४० मिनेटका लागि कारोबार बन्द

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार तीव्र गीतमा उकालो लागेको छ ।

आज सुरुवात देखि नै उकालो लागको शेयर बजार १२ बजे ३८ मिनेट सम्म आइपुग्दाँ ५ प्रतिशतले बढेर पोजेटिभ सर्किट ब्रेक  लागेको छ । ५.०१ प्रतिशतले बढेसंगै शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।

यो अवधीसम्म शेयरबजार ११४.२५ अंकले बढेर २३९५.९३ को बिन्दुमा पुगेको हो । 
धितोपत्र बोर्डको नियम अनुसार शेयर बजार पहिलो घण्टा(१२ बजे)सम्म ४ प्रतिशतले बढेर र घटेमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ ।

यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले बढे र घटेमा ४० मिनेटका लागि र त्यसपश्चात ६ प्रतिशतले बढे रघटेमा सो दिनका लागि कारोबार बन्द हुने नियम रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया