डेढ घण्टामा शेयर बजार १०० भन्दा बढी अंकले बढ्यो, ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार तीव्र गीतमा उकालो लागेको छ ।

आज सुरुवात देखि नै उकालो लागको शेयर बजार कारोबार सुरु भएको डेढ घण्टामा १०० भन्दा बढी अंकले बढेको हो ।

१२ः३० सम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक १०१.७७ अंकले बढेर २३८३.४५ को बिन्दुमा पुगेको हो ।

यस्तै, सो अवधीसम्म कारोबारमा आएका २१८ कम्पनीको २९ लाख ७३ हजार १५१ कित्ता शेयर २१ हजार ७७७ पटकको कारोबारमा १ अर्ब ३१ करोड बढीको कारोबार भएको छ ।

यसैगरी, कारोबारमा आएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया