नेकपा माओवादी केन्द्रले एमसीसीलाई सर्वदलीय÷सर्वपक्षीय सहमतिपछि मात्रैअघि बढाउने पनि जनाएको छ ।
आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादीको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
बैठकमा सांसदहरुले एमसीसीबारे जिज्ञासा राखेको र जवाफमा प्रचण्डले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताएको एक साँसदले बताए ।
संसदको गतिरोध हटाउन सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसदले बताए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।
बैठकले प्रचण्डकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।
प्रतिक्रिया