प्रकाशमान सिंह उभिनु भएको ठाउँमा म उभिनुपर्छ : विश्वप्रकाश

४ बर्ष अगाडि

काठमाडौं- नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सहयोग गर्ने बताएका छन्। 

नेता विश्वप्रकाश शर्माले ट्वीट गर्दै,'सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ। पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो।'

कांग्रेसको नयाँ नेतृत्वय चयनका लागि भएको निर्वाचनमा सभापतिमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् भने शेखर कोइरालाले १७ सय २९ मत प्राप्त गरे। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २४९, कल्याण गुरुङले २० मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।


४ बर्ष अगाडि

प्रतिक्रिया