काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा सार्वजनिक सम्मेलनमा पुँजीवादी विस्तारवाद र वित्तिय एकाधिकारको बारे दिएको अभिव्यक्तिपछि २ दिनमै १६७ अंकले घटेको शेयर बजारमा आज (मंगलबार) हरियाली छाएको छ ।
कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको १० मिनेटमै ६०.३४ अंकले बढेको हो । परिसुचक ११ः१० मिनेट जाँदा २३४२.०१ को बिन्दुमा पुगेको छ ।
यस्तै,सो अवधीसम्म कारोबारमा आएका १६७ कम्पनीको २ लाख ३० हजार ५३३ कित्ता शेयर २ हजार ८३ पटकको कारोबारमा १ अर्ब ८ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया