काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ७९.५७ अंक घटेर २२८१.०१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा अंक २ अंक बढेर २२८३.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७ कम्पनीको ९७ हजार ५२ रुपैयाँ बराबरको १५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ ।
प्रतिक्रिया