एसबीआई बैंकले डाक्यो साधारण सभा, ५.३१ प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा पुस २० गते गर्ने भएको छ । 

बैंक सञ्चालक समितिको बैठकले पुस २० गते काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेका लागि साधारण सभा डाकेको हो । 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.३१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सोही सभाले अन्य उपयुक्त देखिएका बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो पुस ७ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुन पुस ६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया