मेगा बैंकको साधारण सभा आज, १२.०७ प्रतिशत लाभांश पारित हुदै

४ बर्ष अगाडि

काठमाडौं, मेगा बैंकको ११ औं वार्षिक साधारण सभा आज (मंगलबार) हुदैँछ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित गरेर २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
 
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि छ । 

यसैगरी, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर  १४ गते बुक क्लोज गरिसकेको छ । मंसिर १३ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया