सिभिल बैंकको ३ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका, ब्याजदर कति ?

४ बर्ष अगाडि

काठमाडौं, सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ।

गत मंसिर २४ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्काशन गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

निष्काशित कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सिभिल बैंकले निष्कासन गर्ने यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्। 

यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ। लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया