काठमाडौं, मेगा बैंक वार्षिक साधारण सभा भोलि (मंसिर २८ गते) बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजेबाट हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ .०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्ने लगायतका एजेण्डा रहेका छन् ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर १४ गते एक दिनकका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया