काठमाडौं, नेपाल प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रण्मा लिएको छ ।
पक्राउ र्नेहरुमा वीरगंज महानगरपालिका–१० का २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई प्रहरीले वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट आइतबार नियन्त्रणमा लिएको हो ।
घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया