बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई सस्तोडिलको सुपर डे योजनामा रु.३ हजारसम्मको छुट

४ बर्ष अगाडि

काठमाडौं,बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे योजनामा रु. ३ हजारसम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. ३ हजार सम्मको विशेष छुटको योजना ल्याएको हो । 

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकवहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३ हजारसम्मको छुटको सुबिधा पाउन सक्नेछन् । यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३ हजार सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।    

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया