काठमाडौं, साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा’ रिलिज हुन अब एक हप्ता पनि बाँकी छैन । तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । फिल्मको हाइप र बलियो स्टारकास्टका कारण रिलिजभन्दा अगावै निर्माताले लगानी उठाएका छन् ।
फिल्मले ओटीटी र डिजिटल राइट्सबाट २ सय ५० करोड कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मको लगानी पनि २ सय ५० करोड नै हो । यसकारण फिल्मले थिएटरमा प्रदर्शनभन्दा अगाडि नै लगानी उठाएको छ । फिल्म अमेजन प्राइम भिडियो, अहा लगायतका ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ भने तेलुगु भाषाको टिभी ‘स्टार मा’ मा टेलिभिजन प्रिमियर हुँदैछ ।
फिल्मको दुई पार्टका लागि अल्लू अर्जुनले भारु ३० करोड पारिश्रमिक बुझेका छन् ।
प्रतिक्रिया