शेयर बजार थप प्यानिक,२ दिनमै लगानीकर्ताको सम्पत्ति २ खर्ब ३६ अर्बले घट्यो

४ बर्ष अगाडि

काठमाडौं, ब्याजदर, तरलता र नीतिगत चेपुवामा परेको शेयर बजार पछिल्ला दिनमा उच्च पदस्थ राजनैतिक व्यक्तिको अभिव्यक्तिका कारण थप प्यानिक बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ७ वटै प्रदेशको प्रदेश सम्मेलनलाइ सम्बोधन गर्ने क्रममा आइतबार धितोपत्र बोर्ड र पुँजीबजारलाई साम्राज्यावादको विकसित स्वरुपको रुपमा चित्रित गरेपछि दुई दिनमा मात्रै मात्रै बजार सूचक १६८ अंकले घटेको छ ।

पछिल्लो पाँच कारोबार दिनमा मात्रै नेप्से २६४ अंकले घटेको छ । उनको अभिव्यत्तिका कारण पछिल्लो २ दिनमा मात्रै लगानीकर्ताको सम्पत्ति २ खर्ब ३६ अर्ब रुपैयाँले घटेर कुल बजार पूँजीकरण ३२ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँमा संकुचित बनेको छ ।

गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

सोमबार नेप्से ३.३६ प्रतिशत अर्थात ७९.५७ अंकले घटेसँगै सूचक २२८२.०१ बिन्दुमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया