काठमाडौं, खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।
लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको कुल १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।
कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।
यसैगरी खप्तड लघुवित्तले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।
यस सम्बन्धमा आज खप्तड लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको छ।
प्रतिक्रिया