काठमाडौं, साताको दोस्रो दिन (सोमबार) ७९ अंकको गिरावट आएपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा गोर्खास फाइनान्स रहेको छ । फाइनान्सको आज ९.४७ प्रतिशत अंकले बृद्धि भएको हो ।
त्यस्तै, बोटल्स नेपालको ५.४० प्रतिशत, यूनिलिभर नेपालको ४.०३ प्रतिशत, माउन्टेन इर्नजी नेपालको ३.९२ प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको २.०५ प्रतिशतले शेयरमूल्य बढेको हो ।
कुनको शेयरमूल्य कति पुग्यो ?
प्रतिक्रिया