५ अर्बले निक्षेप घटेको वाणिज्य बैंकहरुको कर्जा ८ अर्बले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को गत मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो। योसँग मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि मंसिर १७ गतेसम्म बैंकको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।

उता वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो अवधिमा ८ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६९ अर्ब रुपैसाँ रहेकोमा बढेर अहिले ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया