पूर्वाधार विकास बैंकले अन्य बैंक तथा वित्ती संस्थाहरुलाई दिएको सापटी कर्जामा गणना गर्न नपाइने

४ बर्ष अगाडि

काठमाडौं - पूर्वाधार विकास बैंकले अन्य बैंक तथा वित्ती संस्थाहरुलाई दिएको सापटी नियमित कर्जामा गणना गर्न नपाउने भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिका अनुसार पूर्वाधार विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गर्ने सापटी कारोबारलाई नियमित कर्जा सापटी नभई अन्तरबैंक सापटीको रुपमा मात्र गर्न पाइने भएको छ । 

यस्तो सापटीको अवधि बढीमा ७ दिन हुनेछ । यस्तै कर्जा लगानी बमोजिम असुल उपर गर्नु पर्ने सम्पूर्ण रकम असुल भइसकेपछि सुरक्षणवापत राखिएको धितो ५ कार्य दिनभित्र फुकुवाको लागि सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया