निफ्राले अब कुनै कर्जा असुली नभएमा धितो बेचबिखन गर्न पाउने,राष्ट्रबैंकको ८७ बुँदे निर्देशन

४ बर्ष अगाडि

काठमाडौं। पूर्वाधार विकास बैंकका रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले अब कुनै कर्जा असुली नभएमा धितो बेचबिखन गरी साँवा र ब्याज उठाउन पाउने भएको छ। 

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन, २०७५ मा थप व्यवस्था गर्दै निफ्रालाई यस्तो सुविधा प्रदान गरेको हो। जसअनुसार निफ्राले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछन्। 

यदि धितोको बजार मूल्य कर्जाको लेना रकमभन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा–नोक्सान हिसाबमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नुपर्नेछ। तर, यसरी मूल्यांकन गर्दा त्यस्तो गैरबैंकिङ सम्पत्तिबापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा–नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैरबैंकिङ सम्पत्तिबापतको नोक्सानी व्यवस्थामा सार्नु पर्नेछ।

यस्तो छ राष्ट्र बैंकबाट इजाजतपत्र

 

४ बर्ष अगाडि

प्रतिक्रिया