काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षले शेयर बजारको बारेमा दिएको शेयर बजार प्रतिकुल धारणापछि शेयर बजार तीव्र लयमा तल झर्न थालेको छ ।
पार्टीको सबै प्रदेशको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै बोलेको भिडियो सहितको समाचारमा प्रचण्डले आद्योगिक क्षेत्रमा लगाउनु पर्ने पुँजीको लगानी शेयर बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको बताएका थिए । प्रचण्डको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ ।
पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले फेसबुक र ट्विटरमा आफ्नो धारणा पोस्ट गर्दै माओवादीको अनुशरण गर्ने देश चीनमा संसारकै तेस्रो ठूलो स्टक एक्सचेन्ज ‘संघाई स्टक एक्सचेन्ज छ । थुप्रै चिनियाँ कम्पनीहरु अमेरिकाका स्टक एक्सचेन्जहरुमा लिस्टेड छन् । के चीन पनि साम्राज्यवादको विकसित रुप हो ? नेताज्यूले प्रष्ट गर्नुपर्यो । अब बरबराउन छोडेर बिउझनुस’–उनले लेखेका छन् ।
प्रतिक्रिया