ग्लोबल आइएमई लघुवित्तले भोली २८ प्रतिशत बोनस पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोलि हुने भएको छ । 

सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण प्रस्ताव समेत रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया