काठमाडौं - नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी नयाँ लाईसेन्सको आवश्यक नरहेको बताए ।
हाल संचालनमा रहेको कम्पनीहरुमार्फत उक्त सेवा किन दिन सकिरहेको छैन । कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा ध्यान दिनु जरुरी रहेको नयाँ लघुबीमा कम्पनीलाई तत्काल लाईसेन्स दिन कुनै आवश्यक नरहेको कार्यक्रममार्फत बताए ।
प्रतिक्रिया